पत्रकार महासंघको चुनावको फेरि आयो नयाँ मिति, मतदाता सूची भोलि सार्वजनिक गरिने – Nepal Press

पत्रकार महासंघको चुनावको फेरि आयो नयाँ मिति, मतदाता सूची भोलि सार्वजनिक गरिने

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन चौथो पटक सरेको छ । महासंघका तत्कालिन अध्यक्ष विपुल पोख्रेलले एक प्रेस विज्ञप्ती जारी गर्दै आगामी असोज ५ गतेका लागि तोकिएको निर्वाचन कार्यवाहक अध्यक्ष रमेश बिष्टले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै आगामी असोज १२ गतेका लागि सरेको जानकारी गराएका हुन् ।

कार्यवाहक अध्यक्ष बिष्टले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘पछिल्लो पटक मिति २०८१ असोज ५ गते तिनै तहको निर्वाचन सम्पन्न गर्ने मिति घोषणा भइसकेको अवस्थामा अध्यक्ष विपुल पोख्रेलले विभिन्न कारण देखाउँदै राजीनामा दिनु भएपछि असहज परिस्थिति उत्पन्न भएको छ । निर्वाचनको घोषित मितिमा सामान्य हेरफेर गरी निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यात्मक परिस्थिति सृजना भएको छ ।’

अध्यक्ष पोख्रेलकै नेतृत्वमा महासंघसँग सरोकार राख्ने पक्षसँगको सहमतिमा तयार भएको मतदाता सूची शुक्रबार निर्वाचन समितिलाई हस्तान्तरण गरिएको पनि विज्ञप्तीमा जनाइएको छ । साथै, महासंघको तर्फबाट आगामी असोज १२ गते शनिबारका दिन निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन समितिलाई पत्रचार गरिएको जनाइएको छ ।

मतदाता सूची शनिबारका दिन सार्वजनिक गरी त्यसै दिन निर्वाचन प्रयोजनका लागि तालिका सार्वजनिक गर्ने समझदारी भएको महासंघका अध्यक्ष बिष्टले बताए ।

उनले विज्ञप्तिमार्फत नै महासंघको निर्वाचन सम्पन्न गर्न महासंघका सबै समिति, सदस्य, सल्लाहकार, पूर्वअध्यक्ष र पत्रकारितासँग सम्बन्धित सबै संघ–संस्था तथा सरोकारवाला पक्षबाट सहयोग गर्न आग्रह गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर