स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. लोहनीले दिए राजीनामा – Nepal Press

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. लोहनीले दिए राजीनामा

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले पदबाट राजीनामा दिएका छन् ।

डा.लोहनीले शुक्रबार दिउँसो स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पुगेर राजीनामा पत्र बुझाएका हुन् ।

स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन नसकिने अवस्थामा लामो समय बसेर काम नगर्ने यस अघि नै आफुले बताएको र अपेक्षाकृत रुपमा प्रभावकारी बनाउन नसकिएका कारण यत्तिकै जागिर खानकै लागि बस्न उपयुक्त नहुने भन्दै राजिनामा दिएको लोहनीले नेपाल प्रेससँग बताए ।

यद्यपी उनले नभने पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अहिलेको गठबन्धन सरकारको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले काम गर्नका लागि सहज वातावरण नबनाएका कारण उनले राजिनामा दिने अवस्था आएको मन्त्रालय स्रोतले जनाएको छ ।

२०८० मंसिर १३ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर