६२ लाखमा इलेक्ट्रिक कार किनेपछि बेनिशाले लेखिन्- मेरो नयाँ बच्चा ! – Nepal Press

६२ लाखमा इलेक्ट्रिक कार किनेपछि बेनिशाले लेखिन्- मेरो नयाँ बच्चा !

काठमाडौं । नायिका बेनिशा हमालले विद्युतीय कार किनेकी छन् । आमोडा ब्रान्डको नयाँ कार घरमा भित्र्याएको तस्बिर उनले सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् ।

बेनिशाले ६२ लाख रुपैयाँमा यो कार खरिद गरेकी हुन् । उनले चढेको यो दोस्रो चारपाङ्ग्रे सवारी हो । पहिले पेट्रोलबाट चढ्ने गाडी थियो । पछिल्ला दिनमा चलचित्र र म्युजिक भिडिओमा डिमान्डेड भएसँगै उनको करिअरले गति लिइरहेको छ ।

बेनिशाले गाडीको तस्बिर पोस्ट गर्दै लेखेकी छन्, ‘माइ न्यू बेबी केम होम (मेरो नयाँ बच्चा घर आयो) ।’

उनले अरुलाई पनि इलेक्ट्रिक कार चढ्न सुझाव दिएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर