पिपुल्स च्वाइस अवार्ड भलिबल खेलाडी कवितालाई, पाइन् पल्सर मोटरसाइकल – Nepal Press

पिपुल्स च्वाइस अवार्ड भलिबल खेलाडी कवितालाई, पाइन् पल्सर मोटरसाइकल

काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८० अन्तर्गत पिपल्स च्वाइस अवार्ड भलिबलकी कविता भट्टले जितेकी छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको अवार्ड कार्यक्रममा भलिबलकी कविताले पिपल्स च्वाइस अवार्ड जितेकी हुन् । उनले कुल ५६ प्रतिशत मत पाइन् । अवार्डसँगैे पल्सर एनएस ४०० मोटरसाइकल प्राप्त गरेकी छन् ।

उक्त विधामा फुटबलकी प्रीति राई, कबड्डीकी मानमति बिष्ट, रग्बीका श्रीराम श्रेष्ठ र क्रिकेटका गुलसन झा मनोनयनमा परेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर