प्रधानन्यायाधीश सिफारिसबारे संवैधानिक परिषदको बैठक अनिर्णित, ३१ गते टुंग्याउने सहमति
नेपाल प्रेस
२०८१ भदौ २८ गते १९:०७
काठमाडौं । भावी प्रधानन्यायाधीश लगायत संवैधानिक पदहरुमा सिफारिस गर्न बसेको संवैधानिक परिषदको बैठक अनिर्णित बनेको छ । भदौ ३१ गते फेरि बैठक बसेर टुंग्याउने गरी नेताहरु उठेका छन् ।
स्रोतका अनुसार बैठकमा प्रधानन्यायाधीश सिफारिसका लागि माथिल्लो वरियतामा रहेका ८ जना न्यायाधीसहरुको नाममाथि छलफल भएको थियो । तर, सहमति हुन सकेन ।
प्रतिक्रिया