पैगम्बर मोहम्मदको जन्मदिनमा मधेशमा सोमवार सार्वजनिक बिदा – Nepal Press

पैगम्बर मोहम्मदको जन्मदिनमा मधेशमा सोमवार सार्वजनिक बिदा

जनकपुरधाम । मधेश प्रदेश सरकारले पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा अगामी सोमवार सार्वजनिक बिदा दिएको छ ।

मधेशका गृह, सञ्चार तथा कानून मन्त्रालयका निमित्त सचिव संदिप कुमार सिंहले पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा भदौं ३१ गते सोमवार सार्वजनिक विदा दिने निर्णय भएको सूचना जारी गरेका हुन् ।

मधेश प्रदेश सरकार (मन्त्रिपरिषद्)बाट २०८० चैत ११ मा पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा विदा दिने निर्णय गरिएको थियो । सोही आधारमा यसवर्ष पनि विदा दिने निर्णय गरिएको सूचनामा उल्लेख छ ।

पैगम्बर मोहम्मद मुस्लिम धर्मका प्रवर्तक हुन् । उनको जन्मदिन विश्वभरका मुस्लिम समुदायले धुमधामका साथ मनाउने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर