संवैधानिक परिषद बैठक- प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस हुने सम्भावना – Nepal Press

संवैधानिक परिषद बैठक- प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस हुने सम्भावना

३१ गते बस्ने बैठकमा निर्णय लिइने

काठमाडौं । भावी प्रधानन्यायाधीश लगायत संवैधानिक पदहरुमा सिफारिस गर्न बसेको संवैधानिक परिषदको बैठक अनिर्णित बनेको छ । भदौ ३१ गते फेरि बैठक बसेर टुंग्याउने गरी नेताहरु उठेका छन् ।

स्रोतका अनुसार बैठकमा प्रधानन्यायाधीस सिफारिसका लागि माथिल्लो वरियतामा रहेका ८ जना न्यायाधीशहरुको नाममाथि छलफल भएको थियो ।

पहिलो नम्बरमा रहेका न्यायाधीस प्रकाशमान सिंहको नाममाथि छलफल बढी केन्द्रीय बनेको उपसभामुख इन्दिरा रानाले बताइन् ।

‘उहाँको नाममा लगभग सहमति छ । तर, आजै हतारमा निर्णय नगरौं भन्ने सल्लाह भयो । दुई दिनपछि फेरि बैठक बसेर निर्णय हुन्छ,’ उनले नेपाल प्रेससँग भनिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर