बुटवल-नारायणगढ देखेपछि शर्माले भने: प्रधानमन्त्रीज्यू एकपटक मोटरमा यो बाटोको यात्रा गर्नुस्, नागरिकले भोगेको पीडा महसुस हुन्छ – Nepal Press

बुटवल-नारायणगढ देखेपछि शर्माले भने: प्रधानमन्त्रीज्यू एकपटक मोटरमा यो बाटोको यात्रा गर्नुस्, नागरिकले भोगेको पीडा महसुस हुन्छ

रुपन्देही । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बुटवलदेखि नारायणगढसम्मको बाटो मोटरमा यात्रा गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । आफूलाई यो सडकमा यात्रा गर्न ४ घण्टाभन्दा बढी लागेको भन्दै उनले यात्रुले दिनहुँ कष्ट भोग्नुपरेको उल्लेख गरे ।

बीपी जयन्तीको अवसरमा नेपाली कांग्रेस क्षेत्रीय समिति रुपन्देही १ ले गरेको अन्तरविद्यालय बक्तृत्वकला कार्यक्रममा शर्माले प्रधानमन्त्री मोटरमा हिंड्ने हो भने छिटो कसरी बन्छ भन्ने उनमा चेतना आउने तर्क गरे ।

‘देशको प्रधानमन्त्रीले नारायणगढदेखि बुटवलसम्म मोटरमा चढेर एकपटक मात्र हिड्नुभयो भने यो बाटो छिटो कसरी बनाउने भन्नेकुरा चेतना आउँछ’, उनले भने ‘७ वर्ष भयो ठेक्का लागेको । कति धुलो खानुपरेको छ । सडक छिटो सक्ने सरकारले तदारुकता राखोस् । बजेटको सम्बन्धमा सरकारले कन्जुसाइ नगरेर लगानी गरोस् । दिउसो पनि नबनाएको बाटो मध्यरातमा पनि बनाइरहेको देख्न पाइयोस् ।’

महामन्त्री शर्माले देश बन्दैन भनेर निराशा नहुन विद्यार्थीहरुलाई आग्रह गरे । विगतमा तुलनामा बाटो, खानेपानी, विजुली, सञ्चार क्षेत्रमा धेरै विकास भइरहेकाले देशमा केही हुँदैन सोँच मनबाट फाल्नुपर्ने उनले बताए ।

 


प्रतिक्रिया

One thought on “बुटवल-नारायणगढ देखेपछि शर्माले भने: प्रधानमन्त्रीज्यू एकपटक मोटरमा यो बाटोको यात्रा गर्नुस्, नागरिकले भोगेको पीडा महसुस हुन्छ

  1. ओलिलाई किन भन्छौ ? ठेक्का लागेपछि अधिकाँश समय तिम्रो पार्टी र माओवादी सरकारमा थिए । पहिला उतै सोध मिस्टर । अनि ओलिको पालो आउला । अर्को कुरा चिनियाँ ठेकेदार भएर नबनेको । चीनका ठेकेदारहरू फटाहा हुन्छन भन्न खोजेर भारतको दलाली नगर । नेपालमा निर्माण रोक्न लाखौं बहाना छन् । तिनलाई चिर्ने कोशिशतिर लाग । फाष्ट ट्रय्याको बाटोमा ९ वटा रूख काटन ९ महिन लाग्यो । विजुलीको पोल सार्न बर्षौ लाग्छ । तिनकुनेको जग्गा अधिग्रहण देखेर त नेपालमा विकासै हुँदैन जस्तो लाग्छ । त्यस्ता समस्या हटाउन सहयोग गर ।ओलिलाई नारायण बुटवल बाटोमा गाडी लिएर जाउ भनेर दलाल बन्ने कुरा नगर । यस्ता कुरा गर्ने दलालले हो । दलाल बन्ने कि जिम्मेवार नेता आफैं सोच ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर