छुरा प्रहार गरी झापाको बिर्तामोडमा युवतीको हत्या – Nepal Press

छुरा प्रहार गरी झापाको बिर्तामोडमा युवतीको हत्या

विराटनगर । झापाको बिर्तामोडमा छुरा प्रहारबाट एकजना युवतीको मृत्यु भएको छ ।

छुरा प्रहारबाट १९ वर्षीया मनिषा लोहारको मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

उनी इलामको सूर्याेदय नगरपालिका १० फिक्कल घर भई हाल बिर्तामोड नगरपालिका – ५ पाथीभरा टोलमा डेरा गरी बस्दै आएकी छन् । लोहारमाथि कैलाली गौरीगंगा नगरपालिका – ३ निवासी २० वर्षीय अनिल विकले छुरा प्रहार गरेका थिए ।

छुरा प्रहारबाट घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो । छुरा प्रहार गरेको देखेपछि स्थानीयले युवालाई घेरेपछि भागेको प्रहरीले जनाएको छ ।

छुरा प्रहार गरि भागेका युवालाई अर्जुनधारा–६ बाट बिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर