सहसचिव पन्थ सचिवमा बढुवा, लुम्बिनी प्रदेश प्रमुख सचिवको जिम्मेवारी – Nepal Press

सहसचिव पन्थ सचिवमा बढुवा, लुम्बिनी प्रदेश प्रमुख सचिवको जिम्मेवारी

काठमाडौं । सरकारले सहसचिव महादेव पन्थलाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश सरकारको कायममुकायम (कामु) प्रदेश सचिव रहेका सहसचिव पन्थलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । सचिवमा बढुवा भएसँगै उनले प्रमुख सचिवको जिम्मेवारी स्वत पाएका छन् ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा आइतबार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि डा.कमलप्रसाद पोखरेल, महादेव पन्थ र रघुराम विष्टको नाम सिफारिस गरेको थियो । जसमध्ये दोस्रो नम्बरमा सिफारिस पन्थलाई सचिवमा बढुवा गरेको हो ।

यसअघि भदौ २० को मन्त्रिपरिषद्ले बैठकले पनि दोस्रो नम्बरमा सिफारिस कार्कीलाई सचिवमा बढुवा गरेको थियो । सरकारले साउन ७ गते लुम्बिनी प्रदेशका निमित्त प्रदेश प्रमुख सचिव पन्थलाई प्रदेशको कामु प्रमुख सचिव पदको जिम्मेवारी दिएको थियो ।

सामान्यतः पहिलो नम्बरमा सिफारिस भएका सहसचिवलाई नै बढुवा गरिने गरिएको भए पनि कतिपय अवस्थामा भने दोस्रो र तेस्रो नम्बरमा सिफारिस भएका सहसचिवलाई मन्त्रिपरिषद्ले उपयुक्त ठानेको अवस्थामा बढुवा गर्ने गर्दछ ।

अघिल्लो र यस पटकको बढुवामा दोस्रो नम्बरमा सिफारिस भएका सहसचिवलाई बढुवा गर्नुको कारण उनीहरुलाई कार्यवाहक प्रदेश प्रमुख सचिवको जिम्मेवारी दिएका कारण गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *