सुवासचन्द्र नेम्वाङ मुटकोर्टको उपाधि नेपाल ल क्याम्पसलाई, उपविजेता र उत्कृष्ट बहस नोटको उपाधि ब्राइट भिजनलाई – Nepal Press

सुवासचन्द्र नेम्वाङ मुटकोर्टको उपाधि नेपाल ल क्याम्पसलाई, उपविजेता र उत्कृष्ट बहस नोटको उपाधि ब्राइट भिजनलाई

ललितपुर । अनेरास्ववियु केन्द्रीय कानून तथा संघीय मामिला विभागद्वारा आयोजित सुवासचन्द्र नेम्वाङ स्मृति राष्ट्रिय अभ्यास अदालत कार्यक्रम सम्पन्न भएको छ ।

भदौ २६ देखि ललितपुरको केएमसी कलेजमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि नेपाल ल क्याम्पसले प्राप्त गरेको छ । कार्यक्रमको उपविजेता र उत्कृष्ट बहस नोटको उपाधि ब्राइट भिजन कलेज बिराटनगरले प्राप्त गरको छ ।

विजेताले क्रमशः प्रथमलाई ५० हजार र द्वितीयलाई २५ हजारको साथमा ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । पुरस्कार वितरण तथा समापन कार्यक्रममा नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वि सुब्बा गुरुङ, नेकपा एमाले केन्द्रीय सदस्य रचना खड्का, पीपीएलए अध्यक्ष भोजराज आचार्यलगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।

विजेताहरुलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पुरस्कार वितरण गरेका अनेरास्ववियु कानून विभाग प्रमूख गोपाल नेपालले बताए । पुरस्कार समारोहमा बोल्दै मन्त्री गुरुङले विद्यार्थीले आफ्नो अध्ययनको दायरा फराकिलो बनाउँदै कानूनी तथा न्याय क्षेत्रको दक्ष जनशक्तिको रुपमा स्थापित हुँदै न्यायिक क्षेत्रको उच्च तहमा पुग्न शुभकामना दिए ।

शक्ति सन्तुलन तथा पृथकिकरणको सिद्धान्त बमोजिम बेला बेला न्यायपालिकाको निर्णयले कार्यपालिकालाई र विकास निर्माणको कार्यलाई अप्ठ्यारो परेको भन्दै यसमा सबै सजग हुनुपर्ने मन्त्री गुरुङले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *