जनकपुरधाम उद्योग वाणिज्य संघको नेतृत्व चयन गर्न आज चुनाव हुँदै, यी हुन् प्रतिस्पर्धी – Nepal Press

जनकपुरधाम उद्योग वाणिज्य संघको नेतृत्व चयन गर्न आज चुनाव हुँदै, यी हुन् प्रतिस्पर्धी

जनकपुरधाम । जनकपुरधाम उद्योग बाणिज्य संघको नेतृत्वका लागि आज चुनाव भइरहेको छ । संघकै परिसरमा विहान ८ बजे सुरु हुने मतदान करिब डेढ घण्टा ढिलो सुरु भएको हो ।

चुनावबाट संघको १७ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ । जसका लागि ४३ जना उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् । संघका ४ हजार ७६ सदस्य मतदानमा सहभागी हुने निर्वाचित समितिले जनाएको छ ।

अध्यक्षका लागि सुरेन्द्र भण्डारी, जितेन्द्र प्रसाद साह र मनिष रमन साह उम्मेदवार छन् । उनीहरुबीच कडा प्रतिस्पर्धा हुने अबस्था देखिएको छ । चुनाव जित्न उम्मेदवारहरुबीच पैसा खर्चको पनि प्रतिस्पर्धा चलेको छ । मतदानस्थल प्रचार प्रसार सामग्रीले रंगिएको छ ।

होटल व्यावसायी भण्डारीलाई नेकपा एमालेको समर्थन छ । उनी जनकपुरधाम एमाले नगर कमिटीका अध्यक्ष पनि हुन् । अल्मुनियम व्यावसायी जितेन्द्र र सुनचाँदी व्यावसायी मनिष दुबैजना नेपाली कांग्रेससंग आबद्ध छन् ।
जनकपुरधाम उद्योग बाणिज्य संघको उपाध्यक्षमा लक्ष्मण साह र्निविरोध चुनिएको छ । बिश्वनाथ साह सुडीले उम्मेदवारी फिर्ता लिएपछि साह निर्विरोध भएका हुन् ।

अन्य को-को छन् उम्मेदवार ?

वरिष्ठ उपाध्यक्षका लागि पनि तीनजना मनोजकुमार साह, विकासकुमार चौधरी र अम्भुप्रसाद साह भिडेका छन् । उपाध्यक्षमा लक्ष्मण साह निर्विरोध भइसकेको बुझिएको छ ‌। विश्वनाथ साह सुडी उम्मेदवारी फिर्ता लिएपछि लक्ष्मण निर्विरोध चुनिएका हुन् । महिला उपाध्यक्षका लागि रिंकु साह, माया कुमारी र सरिता ठाकुर उम्मेदवार छन् ।

महासचिवका लागि चारजना फुलदेव पण्डित, गणेशकुमार साह, अशोककुमार चौधरी र सुधीर पजियार उम्मेदवार छन् । यस्तै सचिवका लागि पनि चारजना नरेन्द्रविक्रम साह, मनोजकुमार शर्मा, राकेशकुमार साह र परमेश्वर साह प्रतिस्पर्धामा उत्रेका छन् । एशोसिएट सदस्यमा दिपककुमार साह र अभिषेककुमार चौधरी भिडेका छन् ।

६ जना कार्यसमिती सदस्यका लागि रमेश महतो, सन्तोषकुमार गामी, मणिशंकर प्रसाद साह, दुर्गेशकुमार साह, दिपमणि साह, प्रवीणकुमार साह सोनार, सुरेन्द्र दास, धर्वेन्द्र साह, गौरीशंकर साह, निरजकुमार साह, रामजीवन साह, राकेशकुमार साह, जीवछ साह, वलरामकुमार साह, धु्रबकुमार साह र सुनिल दास कथबनियाबीच प्रतिस्पर्धा छ ।

यस्तै सम्बद्ध सदस्यमा जनकपुर कपडा तथा रेडिमेड र जनकपुर सुनचाँदी व्यवसायी संघ उम्मेदवार छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर