प्रतिवेदन लेख्नुअघि प्रधानमन्त्रीसँग छलफल गर्दै सहकारी छानबिन समिति – Nepal Press

प्रतिवेदन लेख्नुअघि प्रधानमन्त्रीसँग छलफल गर्दै सहकारी छानबिन समिति

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्दैछ ।

साँझ ५ बजे प्रधानमन्त्री ओली छलफलका लागि समितिको बैठकमा सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीसँग छलफलपछि समितिले प्रतिवेदनलाई पूर्णता दिने तयारी गरेको छ । हिजाबाट समितिले प्रतिवेदनलाई अन्तिम रूप दिन छलफल गरिरहेको छ ।

हिजो समितिले गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र पहरी नायव महानिरीक्षक जनक भट्टराईसँग छलफल गरेको थियो ।

उनीहरुसँग फरार व्यक्तिहरूको खोजबिन गर्न साउन १३ गते गरिएको निर्देशनको कार्यान्वयनबारे छलफल गरिएको जनाएको छ । अहिलेसम्म सहकारी ठगीमा जोगिएको २८ जना विदेशमा फरार छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर