उपचुनावको मुखमा मेयर उम्मेदवारसहित नेकपा एसको कीर्तिपुर नगर कमिटी एमालेमा समाहित – Nepal Press

उपचुनावको मुखमा मेयर उम्मेदवारसहित नेकपा एसको कीर्तिपुर नगर कमिटी एमालेमा समाहित

काठमाडौं । नेकपा एकीकृत समाजवादीको कीर्तिपुर नगर कमिटी एमालेमा समाहित भएको छ । नगर कमिटी अध्यक्ष रोहित महर्जन, सचिव गृष्म महर्जन, उपसचिव नारायणहरी थापासहित नेकपा एसको सिंगो नगर कमिटी एमालेमा समाहित भएको हो ।

कीर्तिपुरमा शनिवार आयोजित कार्यक्रममा नेकपा एसका जिल्ला कमिटी उपाध्यक्ष बटुकृष्ण थापाले अब कीर्तिपुरमा नेकपा एसको कमिटी नरहेको र सबै सदस्य एमालेमा समाहित भएको घोषणा गरे । उनी केही दिनअघिमात्र नेकपा एस छाडेर जिल्ला सचिव धु्रव न्यौपानेसहितको टीमसँगै एमालेमा समाहित भएका थिए ।

बटुकृष्ण २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा एसबाट मेयर उम्मेदवार थिए । उनले अब कीर्तिपुरमा नेकपा एस नरहेको बताए । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मी निधनका कारण आगामी मंसिरमा उपनिर्वाचन हुँदैछ । नकर्मी कांग्रेसबाट निर्वाचित थिए ।

त्यस्तै, कीर्तिपुरका वडा नम्बर १ र ४ का वडाध्यक्षको लागि पनि उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनको मुखमा कीर्तिपुरका नेकपा एसका सबै नेता कार्यकर्ता एमालेमा समाहित भएको एमाले केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले बताए ।

कार्यक्रममा एमाले बागमती प्रदेश इन्चार्ज डा.राजन भट्टराई,काठमाडौं जिल्ला कमिटी सचिव राजेश शाक्य,उपसचिव बिन्दु महर्जनलगायतका नेता सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर