लोकतन्त्रमा ‘खतरा’ हुने भन्दै अमेरिकामा बन्द गरियो रुसी च्यानल आरटी – Nepal Press

लोकतन्त्रमा ‘खतरा’ हुने भन्दै अमेरिकामा बन्द गरियो रुसी च्यानल आरटी

काठमाडौं । अमेरिकामा राष्ट्रपतीय चुनाव नजिकिँदै गर्दा रुसी विश्व च्यानल आरटीलई बन्द गरिएको छ । अमेरिकी सरकारले अमेरिकी लोकतन्त्रमा ‘खतरा’ हुने भन्दै यस्तो गरेको बताएको छ ।

रुसी विश्व च्यानल आरटीका अनुसार अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्कनले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर रुसी गुप्तचरीकै एक अंगको रुपमा आरटी भएको उनले आरोप लागएका छन् ।

तर, कसरी त्यस्तो र के कुरामा त्यो देखिएको भने उनले खुलाएका छैनन् । उनले अमेरिकासहित बेलायत, क्यानडा लगायका देशहरुले आरटीका कामहरुलाई सूचना चुहाएको कोणमा लिने पनि पत्रकार सम्मेलनमा बताएका छन् ।

केही हप्ता अगाडि आरटीमा अन्तरवार्ता दिने अमेरिकीहरुको घरमा अमेरिकी अधिकारीहरुले खोजतलास गरेका थिए । तर, त्यसबाट कुनै केही फेला परेको थिएन ।

अमेरिकाको सत्ताधारी दल डेमोक्रेटिक पार्टीका नेताहरुले रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई रुसले सहयोग गरेको आरोप लाउने गरेका छन् ।

तर, रुसमा केही अगाडि भएको एक कार्यक्रममा बोल्दै रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले आफ्नो साथ ट्रम्पलाई नभएर उनको प्रतिस्पर्धामा रहेकी कमलालाई भएको सार्वजनिक गरेका थिए ।

 

 


प्रतिक्रिया

One thought on “लोकतन्त्रमा ‘खतरा’ हुने भन्दै अमेरिकामा बन्द गरियो रुसी च्यानल आरटी

  1. आफ्नो स्वार्थमा बाधा भएका सबै प्रजातन्त्र विरोधी, सुरक्षा खतरा भन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *