अमेरिकी राष्ट्रपति र बेलायती प्रधानमन्त्री भेट : युक्रेनलाई दिएका क्षेप्यास्त्रलाई रुसमा प्रहार गर्नेमा भएन सहमति – Nepal Press

अमेरिकी राष्ट्रपति र बेलायती प्रधानमन्त्री भेट : युक्रेनलाई दिएका क्षेप्यास्त्रलाई रुसमा प्रहार गर्नेमा भएन सहमति

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री केइर स्मार्टरको अमेरिकाको ह्वाइट हाउसमा भेट भएको छ । स्थानीय समयअनुसार शुक्रबार भएको भेटमा दुई नेताले युक्रेनले माग गरेअनुसार रुसी भित्री क्षेत्रहरुमा युक्रेनलाई दिइएका मिसाइलहरु हान्न दिनेमा सहमति भएन ।

बेलायती विश्व च्यानल बीबीसीका अनुसार बाइडेनलाई स्टार्मरले नदिने कुरामा मनाएको हो भन्ने प्रश्न गरिएको थियो । जवाफमा स्टार्मरले भने, ‘युक्रेन, मध्यपूर्व, हिन्त प्रशान्त क्षेत्रका विभिन्न विषयमा लामो र उत्पादनमुलक छलफल भएको’ बताएका थिए ।

बाइडेन र स्टार्मरको भेट भन्दा अगाडी पुटिनले रुसी भूमिमा लामो दूरिका मिसाइल प्रहार गर्न युक्रेनले गरेको आग्रह अस्विकार गर्न पश्चिमा देशहरुलाई आग्रह गरेका थिए । शुक्रबारै रुसी विश्व च्यानल आरटीलाई प्रतिबन्द गरेको अमेरिकाले रुसभित्र युक्रेनबाट लामो दूरिका मिसाइल प्रहार गर्ने प्रस्ताव भने पारित गरेन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर