उपसभामुखले नजानेर टेक्निकल्ली त्रुटी गर्नुभयो, कांग्रेस-एमाले ब्याक हुन्छन् : प्रचण्ड (भिडिओ) – Nepal Press

उपसभामुखले नजानेर टेक्निकल्ली त्रुटी गर्नुभयो, कांग्रेस-एमाले ब्याक हुन्छन् : प्रचण्ड (भिडिओ)

विराटनगर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयबाट काँग्रेस–एमाले आफैं ब्याक हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै उनले भने,‘उपसभामुख एउटा इमान्दार, जनजाति महिला, बालबच्चाको लागि ख्यातिप्राप्त हुनुहुन्छ । उहाँले टेक्निकल्ली केही कुरा नजानेर त्रुटी गर्नुभयो । त्यसको सजाय उपसभामुखबाट हटाउनेसम्म जानु हुँदैन भन्नेमा हामी दृढ छौं । सायद उहाँलाई हटाउने कुराबाट काँग्रेस एमाले नै पछि हट्नु हुन्छ होला।’

अध्यक्ष प्रचण्डले संवैधानिक परिषदमा प्रधानन्यायाधीश सिफारिसका लागि ८ जनाको नाम सिफारिस भएको बताउँदै सबै उक्त पदका लागि योग्य भएको बताए । तपाईहरुले बरियता मिच्न लाग्नु भएको कुरा छ नि ? भन्ने पत्रकारको प्रश्नमा उनले भने,‘प्रधानन्यायाधीशको सिफारिसका लागि ८ जनाको नाम आएको छ । हिजोको बैठकमा पनि सिनियारिटीलाई तोड्नुपर्छ भनेर कसैले भनेको छैन । त्यस्तो समस्या परेको केही छैन ।’
उनले संबैधानिक निकायमा रिक्त रहेका पदहरुमा एकैपटक नियुक्त गर्नु राम्रो हुने बताए । ‘एउटा एउटा गर्नु राम्रो हुँदैन भनेर मैले भनेको छु । सबै रिक्त रहेका संवैधानिक आयोगहरुमा पूर्ति गर्नुपर्छ भन्ने लागेको छ,’ उनले भने ।

अध्यक्ष प्रचण्डले ‘हिंसा’ शब्दको विषयमा सदनमा भएको बहस नटुंगिएसम्म संसद चल्न नदिने पनि बताए । ‘एमालेका साथीहरुबाट जनयुद्धलाई ‘हिंसा’ भनेर अपब्याख्या गर्ने र भ्रम छर्ने काम भइरहेको छ । त्यो विषयको सम्बोधन नभएसम्म संसदमा विरोध जारी रहन्छ,’ उनले भने।

उनले परिवर्तन जोगाउन आफ्नो पार्टीलाई राम्रोसँग तयार गर्नुपर्छ भनेर आफूहरु लागिरहेको उल्लेख गर्दै भने,‘व्यवस्था र परिवर्तनको लागि धेरै त्याग गरेको हाम्रो पार्टी नै हो । त्यसैले परिवर्तन उल्ट्याउन नदिने गरी तयारी गर्नुपर्छ भनेर हामी लागेका छौं ।’

अर्को एक प्रसङ्गमा उनले राजनीतिमा नेताको एक्जिट भन्ने नुहने बताए । ‘सच्चा राजनीतिज्ञहरु बाँचेसम्म राजनीति गर्छन् । मरेपछि पनि उनीहरुले राजनीति गरिरहन्छन् भन्ने दर्शन छ । नेतालाई विश्राम लिने छूट हुदैन।’उनले भने । अध्यक्ष प्रचण्डले आजै मोरङ र सुनसरीका विभिन्न पार्टी कार्यक्रमलाई सम्बोधन गर्नेछ ।

साथै उनले ‘हिंसा’ शब्दको विषयमा सदनमा भएको बहस नटुङ्गिएसम्म संसद् चल्न नदिने पनि बताए । एमालेले जनयुद्धलाई अपभ्रम पार्न खोजेको आरोप लगाए । उनले भने, ‘एमालेका साथीहरूले जनयुद्धलाई ‘हिंसा’ भनेर अपभ्रम गर्ने, अपव्याख्या गर्ने र भ्रम छर्ने काम भइरहेको छ । उनले यो बिषयमा टुंगो नलागेसम्म र सम्बोधन नभएसम्म संसदमा विरोध जारी रहेन बताए ।


प्रतिक्रिया

2 thoughts on “उपसभामुखले नजानेर टेक्निकल्ली त्रुटी गर्नुभयो, कांग्रेस-एमाले ब्याक हुन्छन् : प्रचण्ड (भिडिओ)

  1. गुडदै गरेको बसमा बम पडकाएर मान्छे मारेर खुलेआम हिडेकालाई उपसभामुखले मान्छे विदेश पठाउन पत्र लेखेको के ठूलो कुरा भयो र ? पैसा खाएर पठाउन लेखिदिएको भए पनि माओवादीलाई चाहिँ सामान्य लाग्छ किनकी जनताका पैसा लुटने काम त यिनले कति गरे गरे ।

  2. सहि लाई सहि भनेर गलत कामको प्रतिवाद गरेर देश्लाइ सहि बाटोमा पुर्याउने काम गर्नुस।आउने चुनाव सिट बढन सक्छ ।अब पि एम नबन्नुस।राजनेता बन्न लाग्नुस!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर