३ सय दिनमा रंगशाला बनाइनसक्ने भएपछि सहरी विकास मन्त्रालयलाई ह्यान्डओभर गर्‍यौँ: मन्त्री चौधरी (भिडिओ) – Nepal Press

३ सय दिनमा रंगशाला बनाइनसक्ने भएपछि सहरी विकास मन्त्रालयलाई ह्यान्डओभर गर्‍यौँ: मन्त्री चौधरी (भिडिओ)

काठमाडौैं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले केपी ओली नेतृत्वको सरकारले कीर्तिपुर रङ्गशाला ३ सय दिनमा बनाइसक्ने निर्णय कार्यान्वयनको लागि २० करोड रुपैयाँ छुट्याइएको बताएका छन्।

रिपोर्टर्स क्लबले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै कामको टेन्डर गर्न बाँकी रहेको बताए।

उनले भने, ‘यो सरकार आइसकेपछि पहिलो क्याविनेटको बैठकबाट कीर्तिपुर रङ्गशाला ३ सय दिनमा तयारी गर्ने पहिलो निर्णय भएको छ । त्यसमा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले छलफल गरेर २० करोड रुपैयाँ छुट्याइएको थियो । डीपीआर बनाउने, त्यसको मास्टर प्लानिङ जति तयारी भएको थियो खेलकुदबाट त्यसलाई हामीले सहकारी विकास मन्त्रालयमा ह्यान्डओभर गरेका छौं ।’

३ सय दिनमा पूरा गर्न सम्भव नदेखिएपछि खेलकुद मन्त्रालय र खेलकुद परिषद्ले सहरी विकास मन्त्रालयलाई जिम्मा दिएको सुनाए।

उनले थपे, ‘३ सय दिनमा खेलकुद मन्त्रालय अथवा राष्ट्रिय खेलकुद परिषद्बाट सम्भव नदेखिएको हुनाले कहाँबाट छिटो काम हुन्छ भनेर हामीले त्यो रकम सहरी विकास मन्त्रालयमा ह्याण्डओभर गरेका छौं। उहाँहरु कामको नजिक नजिकमा हुनुहुन्छ। टेन्डर गर्नै बाँकी छ। तीन पटकमा काम गर्नुपर्ने शर्तमा टेन्डर हुँदैछ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *