नारायण क्याम्पस स्ववियुमा पाँच दलीय गठबन्धन हराउँदै एमालेनिकट अखिलको प्यानल विजयी – Nepal Press

नारायण क्याम्पस स्ववियुमा पाँच दलीय गठबन्धन हराउँदै एमालेनिकट अखिलको प्यानल विजयी

सुर्खेत । दैलेखस्थित नारायण क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमालेनिकट अनेरास्ववियुको प्यानलै निर्वाचित भएको छ ।

शुक्रवार भएको निर्वाचनमा अनेरास्ववियुविरुद्ध नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एस,विप्लनिकट नेकपा र राप्रपानिकट विद्यार्थी संगठनहरुले गठबन्धन बनाएका थिए ।

शनिवार सम्पन्न मतगणनामा चार दलीय गठबन्धनलाई पछि पार्दै अनेरास्ववियुका हिमवहादुर बस्नेत ६ मतको अन्तरमा सभापति निर्वाचित भएका हुन् । उनले १६६ मत पाएर सभापति बिजयी हुँदा निकटतम प्रतिबद्धन्द्धी गठबन्धनबाट नेविसंघका उम्मेदवार बिष्णु प्रसाद कोइरालाले १५७ मत पाएका छन् ।

त्यस्तै सचिवमा पनि अनेरास्ववियुका फिलिप सिंह १९२ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी गठबन्धनबाट नेकपा एसनिकट अनेरास्ववियूका टेकराज बुढाले १२७ मत पाएका छन् ।

स्ववियुको कोषाध्यक्षमा अनेरास्ववियुकी शुष्मा शाही १७२ मतसहित बिजयी भएकी छन् भने प्रतिस्पर्धी गठबन्धनबाट अखिल क्रान्तिकारीका उम्मेदवार भुवन प्रसाद पाण्डेले १४१ मत पाएका छन् । सदस्यहरु पनि अनेरास्ववियुबाटै पुष्पकमल अधिकारी र पुर्णिमा रानामगर निर्वाचित भएका छन् ।

 


प्रतिक्रिया

One thought on “नारायण क्याम्पस स्ववियुमा पाँच दलीय गठबन्धन हराउँदै एमालेनिकट अखिलको प्यानल विजयी

  1. यो अभियानलाई ८४ को चुनावसम्म यसरी नै लगेर समापन गर्नुपर्छ । त्यसपछि यो देशको मुहार एमालेले सोचेजस्तोगरी फेर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर