आज राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री भएकाहरू जनयुद्ध नभएको भए जेलको चिसो छिँडीमा हुन्थे: अग्नि सापकोटा – Nepal Press

आज राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री भएकाहरू जनयुद्ध नभएको भए जेलको चिसो छिँडीमा हुन्थे: अग्नि सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले एमालेले जनयुद्धलाई बदनाम गर्न हिंसा शब्द प्रयोग गरेको भन्दै आपत्ति जनाएका छन्।

धादिङ काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै जनयुद्धको अपपमान गर्नेको प्रतिकार गर्न निर्देशन दिए।

उनले भने, ‘आज जनयुद्धको बलमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री भएका छन्, जनयुद्ध नभएको भए आज पनि तिनीहरू जेलको चिसो छिँडीमा हुने थिए। अहिले उनीहरुले जनयुद्धलाई अपमान गदैछन्। त्यसकाविरुद्ध आँधी बेहोरी सिर्जना गर्ने गरी तपाईंको हातमा कलम छ भने कलम चलाउनुस, कम्प्युटर, मोबाइल जे छ त्यसबाट प्रतिकार गर्नुस्।’

उनले जनयुद्ध र जनआन्दोलनको संयोजन भएपछि २५० वर्षको राजतन्त्र अन्त्य भएको जिकिर गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर