कुपण्डाेलमा भासिएकाे सडक मर्मत सुरु (तस्बिरहरु / भिडिओ) – Nepal Press

कुपण्डाेलमा भासिएकाे सडक मर्मत सुरु (तस्बिरहरु / भिडिओ)

काठमाडौं । ललितपुरको कुपण्डोलमा भासिएको मुख्य सडक मर्मतको काम सुरु भएको छ ।

केयुकेएलले खानेपानीको पाइपको मर्मतको काम सुरु गरिसकेको छ भने सडक विभागले भासिएको सडक बनाउन सुरु गरिसकेको छ । केयुकेएलले खानेपानीको पाइपको काम सकाएको खण्डमा भोलि नै सडक मर्मतको काम सडक विभागले जनाएको छ ।

पाइपहरु लिकेज भएपछि सडक भासिने गरेको संघीय सडक सुपरिव्यक्षण तथा अनुगमन कार्यालयका सुपरिटेन्डेन इन्जिनियर शुभराज न्यौपानेले बताए ।

‘सबै सडकमा खानेपानीको पाइप विछाइएको छ । त्यसले गर्दा पाइप लिकेज हुने वितिकै सडक भासिने भ्वाङ पर्ने समस्या आउँछ । यो पनि पानी लिकेज भएर सडक भासिएको हो । ’ उनले भने ।

अहिले डाेजर लगाएर काम  सुरु गरिसकेकाे उनले बताए । कुपण्डोलबाट पुल्चोक जानेतर्फ होटल हिमालयको अगाडिको सडक भासिएको हो। सडक भासिएर पानी निस्किएको थियो ।

पानीले सडक जलमग्न हुनुको साथै सवारी आवागमन पनि प्रभावित बनेको थियो।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर