गलत कुरालाई स्थापित हुन दिनुहुन्न,भ्रम फैलाउनेको प्रतिवाद गर्न एमाले पंक्ति तयार हुनुपर्छ–प्रधानमन्त्री – Nepal Press

गलत कुरालाई स्थापित हुन दिनुहुन्न,भ्रम फैलाउनेको प्रतिवाद गर्न एमाले पंक्ति तयार हुनुपर्छ–प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई मनपरी बोल्ने केटोको संज्ञा दिएका छन्।

स्थानीय तहमा जनसंगठन सुदृढीकरण राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै बालेनलाई लक्षित गर्दै मनपरि बोल्ने केटो निस्किएको टिप्पणी गरे।

उनले भने, ‘अहिले कहाँ एउटा केटो निस्कियो, त्यसले मनपरी बोल्छ। त्यसलाई चाहिँ चलाउन हुँदैन है, त्यसलाई चलाउन हुँदैन। त्यो सँग जनमत छ। नचलाएर उसको कुरा स्थापित हुँदै जान दिनुहुन्छ, नचाहिने प्रचारहरू स्थापित हुँदै जान दिनुहुन्छ भने साँच्चै स्थापित हुन्छ।’
उनले एमालेविरूद्ध चलाइने भ्रमको प्रतिवाद गर्नको लागि सम्पूर्ण अस्त्र प्रयोग गर्न निर्देशन दिए।


प्रतिक्रिया

One thought on “गलत कुरालाई स्थापित हुन दिनुहुन्न,भ्रम फैलाउनेको प्रतिवाद गर्न एमाले पंक्ति तयार हुनुपर्छ–प्रधानमन्त्री

  1. त्यसो हो भने कमिटीमा सक्षम निस्वार्थ कार्याकर्ताले स्थान पाउनुपरो नि
    चाकरी चाप्लुसी र काम चोर कुराउटेलाइ होइन नि
    सही मान्छे सही ठाउमा हुनुपर्छ अध्यक्ष ज्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर