रास्वपा बैठक- राष्ट्रिय भेलामा प्रस्तुत गरिने दस्तावेजबारे छलफल – Nepal Press

रास्वपा बैठक- राष्ट्रिय भेलामा प्रस्तुत गरिने दस्तावेजबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक पार्टी जारी छ। पार्टी मुख्यालय वनस्थलीमा बसिरहेको बैठकमा असोज १ र २ गते काठमाडौंमा हुने राष्ट्रिय भेलामा प्रस्तुत गरिने दस्तावेजरप्रस्तावबारे छलफल भइरहेको जनाएको छ।

भेलामा पार्टी सभापति रवि लामिछानेले प्रतिवेदन पेश गर्दैछन्। भने सातै प्रदेशका अध्यक्षले पनि पार्टीको अवस्थाबारे प्रतिवेदन भेलामा पेश गर्दैछन्।

बैठकमा जिल्ला भेला, जिल्ला समिति गठन र प्रस्तावित नियमावली र कार्यविधिका सम्बन्धमा पनि छलफल भइरहेको बताइएको छ।
बैठकमा विधान संशोधन सुझाव कार्यदलको सुझाव प्रतिवेदन प्रस्तुत गरी र आवश्यक छलफल पनि भएको छ। ु
च्बmभकज


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर