साउथह्याम्पटनविरुद्ध म्यान्चेस्टर युनाइटेडको प्रभावशाली जित – Nepal Press

साउथह्याम्पटनविरुद्ध म्यान्चेस्टर युनाइटेडको प्रभावशाली जित

काठमाडौं । गत हप्ता लिभरपुलसँग घरेलु मैदानमा ३‍-० ले हारेको पिडालाई भुल्दै म्यान्चेस्टर युनाईटेडले इङलिस प्रिमियर लिगमा साउथह्याम्पन्टनलाई ३-० ले पराजित गरेको छ ।

लिगको तेश्रो चरणमा आफ्नै घरमा लिभरपुलसङ्ग नमिठो हार बेहोरेको म्यानयुले शनिबार साझ भएको खेलमा साउथह्याम्पन्टनको घरमा गएर उसैलाई ३-० ले पराजित गरेको हो ।

युनाईटेडले पहिलो हाफको ३५ औं मिनेटमा डि लाईटको गोल मार्फत खेलमा पहिलो अग्रता लिएको थियो । युनाइटेडको लागि ४१ औं मिनेटमा राष्फोर्डले गोल गर्दै अग्रतालाई दोब्बर बनाए ।

पहिलो हाफ २-० ले अघि रहेको युनाइटेडले तेश्रो गोल भने दोश्रो हाफको इन्ज्युरी समयमा मात्र गर्न सक्यो । इन्ज्युरी समयको छैठौं मिनेटमा ग्रान्चोले गोल गर्दै म्यानयु लाई ३० को जित दिलाए । जितपछि युनाईटेड ४ खेलबाट ६ अङ्क सहित लिगको सातौं स्थानमा उक्लदा समान खेलबाट साउथह्याम्पटन शुन्य अङ्क सहित १९ औं स्थानमा छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *