जिबी राईप्रति संकेत गर्दै प्रधानमन्त्रीले भने-सहकारीको रकम ठग्नेहरु एकछिन लुकेर रमाउँछन्, रेड कर्नर जारी गरेर कठघरामा ल्याउँछौं – Nepal Press

जिबी राईप्रति संकेत गर्दै प्रधानमन्त्रीले भने-सहकारीको रकम ठग्नेहरु एकछिन लुकेर रमाउँछन्, रेड कर्नर जारी गरेर कठघरामा ल्याउँछौं

काठमाडाै‌ं ।प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको रकम अपचलन गरेर कोही उम्कन नपाउने बताउँदै संसारको जुनसुकै कुनामा लुकेपनि रेडकर्नर नोटिस जारी गरेर पक्राउ गर्ने र उनीहरुको जायजेथाबाट सर्वसाधारणको रकम असुल गरिने बताएका छन् ।

शनिवार सिंहदरबारमा सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको बैठकमा बोल्दै उनले पहिले समितिबाट कसलाई कस्तो खालको कारबाही गर्ने भन्ने सरकारलाई निर्देशन आएपछि मात्रै सरकार त्यो प्रकृयामा जाने बताए ।

उनले सहकारी ठगीमा फरार भएका जिबी राईप्रति संकेत गर्दै भने–‘कसरी भयो, ती कि राई भन्ने मान्छेसँग त्यति ठूलो रकम कसरी गयो, उनले कसरी यति ठूलो रकम ठगेर राख्नसके रु नियामक निकाय यस्तो गैरजिम्मेवारी बन्न मिल्छ रु त्यति ठूलो रकम ठग्ने मान्छे कसरी भाग्यो रु अबौंको रकम यताउता गर्दा किन बैंकले ख्याल गरेन, यतिधेरै बैंकबाट यताउता भएको विषय आएको छ, अरबका अरब रकम कसरी अपचलन भयो रु यसको कारणसहित सरकारलाई कस्तो कारबाही गर्ने भन्ने निर्देशन समितिले गरोस् ।’

उनले नियमभित्र बसेका सहकारी नडुबेको बताउँदै भने ‘जसले नियम तोडे, स्वार्थ खोजे, अनुचित लाभ लिन खोजेर समस्या हो, यस्तो गर्ने अपराध हो, उनीहरुलाई सजाय हुन्छ ।’

प्रधानमन्त्री ओलीले समस्याको समाधान खोज्न सरकार लागिपरेको तर समितिबाट यसको पूर्ण विवरण आएपछि मात्रै अघि बढ्ने बताए । ‘धेरै सहकारी छन् तर थोरैले ठूलो रकम बिगारेर बढी समस्या भयो, सरकार यस्ता बेथितिलाई, ठगीलाई रोक्न ऐन बनाएर कार्यान्वयनमा लैजान सरकार तयार छ, त्यहीअनुसारको सुझाव आवस्’ उनले भने ‘भयानक राष्टिय समस्या बनिसकेको रहेछ, अहिलेको व्यवस्थाबाट कारबाही हुन्छ, लगानीकर्ताको रकम नडुब्नेगरी अघि बढ्नुपर्छ । ठग्ने मान्छे उम्कन नपावस् । उनीहरुले ठगेको रकम कहाँ गयो अब खोजी हुनुपर्छ, हुन्छ सरकारले गर्छ ।’ उनले ऋण सहकारीमा बढी बेथिति भएको बताए । ‘यो बैंक होइन सहकारी, अब उत्पादनमा जानुपर्यो, एक्लो लगानी सहकारी होइन । रकम यहाँ खातामै नदेखाई अपचलन भयो, यो सहकारीको काम होइन, सहकारीको परिचय पहिले पढ्नुपर्यो ।’

उनले समस्यामा आएका सहकारीमा संचालनको प्रकृया नपुगेर पनि यस्तो भएको बताए । ‘सहकारीमा गैरसहकारी तत्व छिरे, बेग्लै उद्देश्यले सहकारीको मर्म विपरीत ठगी बढ्यो, अनेक स्वार्थ भएका व्यक्तिहरु सहकारीमा जोडिँदा यसको अनुचित लाभ लिएको भेटियो । समयमै नियम र नियन्त्रण गर्नुपथ्र्यो केही कमजोरी भयो, साना लगानीको सहकारीमा बढी रहेको छ, यसमा राज्यको भूमिका बढी हुनुपर्छ ’ उनले भने –‘बैंकहरुले यसमा रुचि राखेको भए यस्तो समस्या आउने थिएन, सर्वसाधारणलाई अपनत्व भएन, साधारण मान्छेलाई बैंकले विश्वास नगरेका कारण सहकारीको लगानी बढेको हो ।सहकारीमा धेरै गरिबी क्षेत्रमा रहेकाहरुको रकम छ, बैंकको उत्तरदायित्व भएन भन्ने सुझाव सरकारले मनन गर्नेछ । ’

प्रधानमन्त्री ओलीले सहकारीबिना अर्थतन्त्र अघि बढ्न नसक्ने तर संचालनको प्रकृया भने फेर्नुपर्ने बताए । ‘अब सरकारीको संचालन प्रकृया फेरिनुपर्दछ, अर्थात अब उत्पादनमा जोडिनुपर्दछ, वित्तीय कारोबार गर्न बैंक थिए र छन्, हाम्रो उत्पादनमा जोडिएको छ, उत्पादन सम्बन्ध सबै फेरिएका छन्, उत्पादनबाट जीविका चल्न नसक्ने भयो, कठिन जीविका भोग्ने अवस्थामा नागरिक छैन, बजारीकरणको प्रभाव बढ्दै गएको छ ।’ उनले भने–‘ हामी अन्तर्राष्ट्रिय उत्पादनको बजार बनेका छौं, हाम्रो उत्पादन छैन, यस्तो अवस्थामा सहकारीबाट उत्पादन बढाउनुको विकल्प छैन, अहिले पहाडी क्षेत्रमा यस्तै भएको छ, जग्गा सबै सित्तैमा छाडेर हिंड्ने अवस्था उत्पादनमा केही नभएका कारण भएको हो ।’

कृषिको आधुनिकीकरण, बजारीकरणमा नै अब सहकारीले ध्यान दिनुपर्ने र सहकारीबाट नै कृषिमा लगानी गर्नुपर्ने उनको भनाइ थियो । ‘पहाडमा पनि अहिले बाटो सबैतिर छ, उत्पादनको भोलुम बढाएपछि बजारको समस्या हुँदैन तर उत्पादनको संख्या बढाउनुपर्यो, थोरै वस्तु उठाउन व्यवसायी पुग्नसक्ने कुरा भएन । ठूलो परिणाममा जानुपर्छ’ उनले भने ।

प्रधानमन्त्री ओलीले समितिले तयार गरेको प्रतिवेदनप्रति सरकार ढुक्छ रहेको, निष्पक्ष निश्कर्षलाई पालना हुने बताउँदै भने–‘समितिले सरकारलाई निर्देशन गरोस्, छानविनका क्रममा यस्तो समस्या देखियो, यसरी अगाडि बढोस् भन्ने आवस्, यो कसैको गरिखाने भाँडो बनाउन पाइदैन, बेलगाम छोड्नु हुँदैन । समितिले गरेको सिफारिस र निर्देशनका आधारमा सरकार अघि बढ्छ ।’

नेपालमा कतिपय मान्छेका विषयमा प्रश्न गर्न नपाउने अवस्था रहेको बताउँदै उनले भने–‘सरकार यस्ता कुरामा कम्परमाइज गर्दैन, हल्लाका पछि लाग्दैन, दृणताको साथ काम गर्नुस्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर