लिभरपुललाई घरमै झड्का – Nepal Press

लिभरपुललाई घरमै झड्का

काठमाडौं। नर्दन फरेस्टले लिभरपुललाई उसको घरमा पराजित गरेपछि नयाँ सिजनमा लिभरपुलले पहिलो हार बेहोरेको छ ।

इङलिस प्रिमियर लिगको तेश्रो चरणसम्म सतप्रतिशत जित सहित अघि बढेको लिभरपुल चौथो चरणमा आएर हारेको हो ।

खेल अवधिभर ७० प्रतिशत बल आफ्नो पक्षमा राख्दा समेत गोल गर्न नसक्दा लिभरपुल १-० ले पराजित भएको हो । खेलमा फरेस्टको तर्फबाट ७७ औं मिनेटमा हुड्सन ओडइले गरेको गोलनै विजयी गोल बन्यो ।

खेलपछि फरेस्टले ४ खेलबाट ८ अंक सहित आफूलाई चौथो स्थानमा लगेको छ भने समान खेलबाट ९ अंकसहित लिभरपुल दोश्रो स्थानमा छ ।

शनिबार राती भएको अन्य खेलमा फुलहम र वेस्ट ह्याम्प १=१ को बराबरीमा रोकिए । क्रिष्टल प्यालेस र लिचेस्टर सिटीले पनि २-२ को बराबरी खेल्दा ब्राइटन र लिस्विच टाउन पनि गोल रहित बराबरीमा रोकिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *