म्यान्चेस्टर सिटीको चौथो जित – Nepal Press

म्यान्चेस्टर सिटीको चौथो जित

हेटौँडा । इङ्लिस प्रिमियर लिग अन्तरगत शनिवार राती भएको खेलमा आफ्नो अपराजित यात्रालाई जारी राख्दै डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटी विजयी भएको छ ।

सिटीको घरेलु मैदानमा भएको खेलमा एक गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै सिटिले ब्रेनफोर्डलाई २-१ ले पराजित गर्न सफल बनेको हो ।

खेलको पहिलो मिनेटमा नै ब्रेनफोर्डको लागि विसाले गोल गर्दै अग्रता हासिल गरेको थियो । तर खेलको १९ औँ मिनेटमा हाल्यान्डले गोल गर्दै सिटिलाई बराबरीमा ल्याए ।

पहिलो हाफको ३२ औँ मिनेटमा हाल्यान्डले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीको अग्रता २-१ भयो । दोस्रो हाफमा दुवै तर्फबाट कुनै गोल भएन र खेल सिटिले जित्यो ।

जितपछि सिटी ४ खेलबाट १२ अङ्क सहित लिगको पहिलो स्थानमा कायम रहँदा ब्रेनफोर्डको समान खेलबाट ६ अङ्क छ र उ सातौँ स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *