रियल म्याड्रिडको जित, सोसिडाड पराजित – Nepal Press

रियल म्याड्रिडको जित, सोसिडाड पराजित

हेटौँडा । स्पेनिस ला लिगामा  रियल म्याड्रिड  विजयी भएको छ ।

आइतबार बिहान सम्पन्न खेलमा म्याड्रिडले रियल सोसिडाडलाई २-० ले पराजित गरेको हो । म्याड्रिडको तर्फबाट दुवै गोल पेनाल्टी मार्फत सम्भव भएको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफको ५८ औँ मिनेटमा प्राप्त पेनाल्टी उपयोग गर्दै म्याड्रिडका भिनियस जुनियरले गोल गरे ।

दोस्रो हाफकै ७५ औँ मिनेटमा केलिएन एम्बाप्पेले गोल गर्दै टिमलाई जित दिलाए । एम्बाप्पेले पनि पेनाल्टी मार्फत गोल गरेका थिए ।

जितपछि म्याड्रिड  ५ खेलबाड ११ अंक सहित म्याड्रिड दोस्रो स्थानमा रहँदा सोसिडाड समान खेलबाट ४ अंक सहित १६ औँ स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *