प्रधानमन्त्रीले भने- साना डिजिटल कारोबार निःशुल्क गर्न पहल गर्छु – Nepal Press

प्रधानमन्त्रीले भने- साना डिजिटल कारोबार निःशुल्क गर्न पहल गर्छु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबार निःशुल्क गर्न पहल गर्ने बताएका छन् । उनले यो विषयमा सम्बन्धित अधिकारीहरुसँग छलफल गरिरहेको बताए ।

सामाजिक सञ्जालबाट उनले भनेका छन्, ‘साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्ने विषयमा म सम्बन्धित अधिकारीसँग छलफल गर्दैछु । तपाईंहरुका समस्या सरकारलाई यसरी नै जानकारी गराउनुहोला । हामीलाई सधैं झकझकाउनुहोस् । सरकारले त्यसतर्फ काम गर्दै जानेछ ।’

पछिल्लो समय मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने शुल्क अत्यधिक भएको विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले सानो कारोबार निःशुल्क गर्न पहल गर्ने बताएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर