कुपण्डोलको भासिएको सडक मर्मतपछि सवारी सञ्चालन – Nepal Press

कुपण्डोलको भासिएको सडक मर्मतपछि सवारी सञ्चालन

ललितपुर । शनिबार अपराह्न कुपण्डोलमा भासिएको सडक मर्मतपछि सवारीसाधन सञ्चालन भएका छन् ।

आज बिहान ९ बजेदेखि सवारीसाधनका लागि सडक खुला भएको हो ।

मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर सडक भासिएको थियो ।

शनिबार साँझदेखि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले फुटेको पाइप मर्मत थालेसँगै सडक डिभिजन कार्यालय पनि सडक मर्मतमा जुटेको थियो ।

मर्मतपछि भासिएको सडकमा सवारीसाधन सञ्चालन गर्न मिले पनि तत्काल सडक कालोपत्र गर्न नमिल्ने सडक डिभिजन कार्यालयका सुपरभाइजर निराजन पाण्डले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *