ऐतिहासिक पदक विजेता पलेशा गोवर्द्धनलाई गण्डकी प्रदेश सरकारले मासिक भत्ता दिने – Nepal Press

ऐतिहासिक पदक विजेता पलेशा गोवर्द्धनलाई गण्डकी प्रदेश सरकारले मासिक भत्ता दिने

पोखरा । पारा ओलम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनलाई गण्डकी प्रदेश सरकारले मासिक भत्ता दिने भएको छ ।

पलेशालाई आइतबार आयोजित सम्मान कार्यक्रममा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ऐतिहासिक पदक जिताएकी पलेशालाई मासिक भत्ता दिने घोषणा गरेका हुन् ।

प्रदेश सरकारले यसअघि ओलम्पिक खेलेको गण्डकीका ९ खेलाडीलाई मासिक भत्ता स्वरूप ५ हजार दिँदै आएको छ । सोही समूहमा पलेशालाई समावेश गरिएको मुख्यमन्त्री पाण्डेले बताए ।

‘गत वर्षदेखि हामीले ओलम्पिकमा भाग लिएका गण्डकी प्रदेशका खेलाडीलाई मासिक प्रोत्साहन सहयोग स्वरूप भत्ताको व्यवस्था गरेका छौँ,’ उनले भने, ‘प्रदेशभित्रका खेलाडीलाई दिने भनेर गत वर्षबाट सुरु गरेको जुन मासिक भत्ता छ । भाग लिने खेलाडीलाई दिएका थियौँ । मेडल नै ल्याउन सफल भएको कारण प्रदेशबाहिरको भएता पनि पलेशा गोवर्द्धनलाई दिने घोषणा गर्दछु ।’

सम्मान कार्यक्रममा पलेशालाई गण्डकी प्रदेश सरकारले एक लाख ५० हजार, पोखरा महानगरपालिकाले २ लाख २२ हजार २२२ र जिल्ला तेक्वान्दो संघ कास्कीले ५० हजार १५५ रुपैयाँ प्रदान गरेका छन् ।

पलेशाले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *