वर्षमानको दाबी- माओवादी देशको पहिलो पार्टी हो, कांग्रेस र एमाले विकृतिका डंगुर हुन् (भिडिओ) – Nepal Press

वर्षमानको दाबी- माओवादी देशको पहिलो पार्टी हो, कांग्रेस र एमाले विकृतिका डंगुर हुन् (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले एजेन्डा र विचारको हिसाबले माओवादी नै देशको पहिलो पार्टी भएको भन्दै अहिले जनतामा माओवादी पार्टीको ग्राफ बढिरहेको दाबी गरेका छन् ।

पोस्टबहादुर बोगटी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा नेता पुनले माओवादीले २०८४ को निर्वाचनमा जित निकाल्ने बताए । उनले कांग्रेस र एमाले बिस्तारै कमजोर बन्दै गएको दाबी गरे ।

पुनले भने- एकथरि मान्छेले ८४को निर्वाचनलाई लिएर संख्या गनिरहेका छन्,हाम्रो साइज सानो हुन्छन् भनिरहेका छन् । यथार्थमा हाम्रा ८ लाख जति सदस्य छन्, एमाले र कांग्रेसका १०, १२ लाखको दाबी छन् । यसरी हामी एकैखालमा छौँ जनतामा जाँदा । बरु माओवादीको ग्राफ बढिरहेको छ र कांग्रेस र एमालेजस्ता पूराना संसवादी विकृतिका डंगुर हुन् भनिरहेका छन् । आज सामाजिक कार्यक्रममा जाँदा प्रधानमन्त्रीको विरोध किन भइरहेको छ < छेउमा भ्रष्टाचारीलाई राखेर म भ्रष्टाचार गर्दिन भन्दा जनताले पत्याएनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर