राष्ट्रिय युवा संघ अन्तरजिल्ला रामेछापको अध्यक्षमा राम कार्की निर्वाचित – Nepal Press

राष्ट्रिय युवा संघ अन्तरजिल्ला रामेछापको अध्यक्षमा राम कार्की निर्वाचित

काठमाडौं । एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला कमिटी रामेछापको अध्यक्षमा रामबहादुर कार्की सर्वसम्मत निर्वाचित भएका छन् ।

ए वान क्याफे चाबहिलमा शनिवार सम्पन्न अधिवेशनबाट लिखु तामाकोशी १ का राम कार्कीको अध्यक्षतामा ३१ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको हो ।

क्मिटीको उपाध्यक्षमा रामबहादुर तामाङ,सचिवमा टेकबहादुर श्रेष्ठ (श्याम),सहसचिवमा दिनेश योन्जन र कोषाध्यक्षमा मनोज थापा मगर चयन भएका छन् ।

युवा संघका इन्चार्ज राजीव पहारीले उद्घाटन गरेको अधिवेशनलाई संघका उपाध्यक्ष कृष्णहरि केसी,एमाले रामेछाप जिल्ला अध्यक्ष पुरुषोत्तम कडरिया,युवा संघका पूर्व सचिव जय गुरुङलगायतका नेताहरूले सम्बोधन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर