त्रिशूलीमा खसेको ट्रकका चालक सम्पर्कविहीन, प्रहरी भन्छ- घटना शंकास्पद – Nepal Press

त्रिशूलीमा खसेको ट्रकका चालक सम्पर्कविहीन, प्रहरी भन्छ- घटना शंकास्पद

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालमा सडकबाट त्रिशूली किनारमा खसेको ट्रकका चालक सम्पर्कविहीन भएका छन् । ट्रक पानी बाहिर किनारमा रहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार चालक यमबहादुर घलेको मोबाइल स्वीचअफ छ । घटनास्थल पुगेर फर्कदैं गरेका रिजालले भने, ‘चालक सम्पर्कमा छैनन्, घटना शंकास्पद देखिएको छ ।’

दुर्घटनाको अवस्था हेर्दा चालक नदीमा नभएर बाहिर सम्पर्कविहीन भएको हुनसक्ने उनको भनाइ छ ।

यातायात कार्यालयमार्फत ट्रक धनीको पहिचान गरेर चालक खोजीकार्य भइरहेको रिजालले बताए । ना. ६ ख ६२८३ नम्बरको ट्रक भैरहवाबाट सूर्यमुखी तेल बोकेर ललितपुरतर्फ जाँदै गरेको थियो । ट्रकमा दुई हजार २२२५ कार्टुन तेल लोड गरिएको थियो । ट्रक आज बिहान सडकबाट झण्डै एक सय मिटर तल त्रिशूली किनारमा खसेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *