अमेरिकाबाट फर्किँदा एयरपोर्टभित्रबाटै हराएका दण्डपाणि १५ घण्टापछि भेटिए – Nepal Press

अमेरिकाबाट फर्किँदा एयरपोर्टभित्रबाटै हराएका दण्डपाणि १५ घण्टापछि भेटिए

काठमाडौं । अमेरिकामा छोरा बुहारी भेटेर फर्किँने क्रममा त्रिभुवन विमानस्थलबाटै हराएका पर्वत पैंयु गाउँपालिकाका एक वृद्ध झण्डै १५ घण्टापछि भेटिएका छन् । उनी केहीबेरअघि आफन्तको सम्पर्कमा आएको बताइएको छ । उनी एकान्तकुनामा भेटिएको बताइएको छ ।

पैंयु १ टकलाक घर भएका दण्डपाणी भुसाल सोही गाउँकै माया भट्टराई न्यौपानेलगायत ४ जनासँग अमेरिकाबाट नेपाल फर्किएका थिए ।

दण्डपाणिका छिमेकी लीला भुसालका अनुसार उनी गएराति ९ बजेदेखि हराएका थिए । विमानस्थलभित्रै लगेज छाडेर हिँडेका भुसालको खोजीका क्रममा सीसीटीभी फुटेज हेर्दा एक डेढ घण्टासम्म विमानस्थल वरपर नै हिँडिरहेको देखिएको थियो ।

बिर्सने समस्या रहेका दण्डपाणिलाई कसैले अपहरण गरेको भन्दा पनि बाटो बिराएर कतै पुगेको हुसनसक्ने आशंका गरिएको छ । ज्वाइँ लिन आउने भन्दै दण्डपाणि एयरपोर्टबाहिरको होटलसम्म पुगेको समेत सिसिटीभीबाट देखिएको थियो ।

होटलका गार्डले ज्वाईँ लिन आउने भए माथि नै जानुपर्छ भनेर आफूले फर्काएको जानकारीसम्म दिएको छिमेकी याम भुसालले नेपाल प्रेसलाई बताए । विमानस्थल अध्यागमनबाट बाहिरिने क्रममा सामान संकलन गरेपछि उनलाई लिएर आएकी माया भट्टराईको झोला छुटेपछि सासु ससुरा र दण्डपाणिलाई सँगै राखेर उनी झोला लिन गएकी थिइन् ।

फर्केर आउँदा दण्डपाणी नभेटिएपछि खोजतलास गरिएको थियो । बुबा हराएपछि छोरा डोलराजले गौशाला प्रहरीमा निवेदन दिएका थिए । एकान्तकुनाबाट उनलाई अहिले गौशाला प्रहरी ल्याइँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *