आज बैंकहरुबाट एक खर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक – Nepal Press

आज बैंकहरुबाट एक खर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै छ । बैंकहरुमा पैसा अधिक भएपछि १ खर्ब रुपैयाँ तान्न लागिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बैंकले बोलकबोलको माध्यमबाट सो रकम उठाउन लागेको बोलकबोल दिउसो ३ बजेसम्म हुनेछ ।बोलकबोल गर्दा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म आव्हान गर्न सक्नेछन् ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । यसको साँवा बयाज भुक्तानी असोज २१ गते हुनेछ ।

निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिनेछ ।

समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्कासित रकमभन्दा बढी भएमा प्रो राटाको आधारमा बाँडफाँड हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *