सुनको मूल्यमा कीर्तिमान, कतिमा हुँदैछ काराेबार ? – Nepal Press

सुनको मूल्यमा कीर्तिमान, कतिमा हुँदैछ काराेबार ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागिरहेको सुनको मूल्य आज प्रतितोला  पाँच सयले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला एक लाख ५६ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ५६ हजार आठ सय निर्धारण भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

यस्तै चाँदीको मूल्य तोलामा रु ४० ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक हजार आठ सय ६० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु एक हजार नौ सय निर्धारण भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *