आरटीले विश्वभर अमेरिकी मिडियाभन्दा भिन्न विचार दिएकोले आत्तिए : उपप्रधानसम्पादक एन्ना – Nepal Press

आरटीले विश्वभर अमेरिकी मिडियाभन्दा भिन्न विचार दिएकोले आत्तिए : उपप्रधानसम्पादक एन्ना

काठमाडौं । रुसी विश्व च्यानल आरटीलाई अमेरिकाले प्रतिबन्ध लगाएपछि आरटीकी उपप्रधानसम्पादक एन्ना बेल्किनाले अमेरिका फरक विचार र समाचारसँग डराएको बताएकी छन् ।

आरटीमा प्रकाशन भएको समाचार अनुसार एन्नाले अमेरिकामा मात्रै होइन विश्वभर आरटीको विचार र समाचार पुगेकोमा अमेरिकालाई तनाव भएको भन्दै त्यसकै प्रतिक्रियामा आरटी प्रतिबन्ध गरेर अमेरिकाले फरक विचार र समाचारलाई स्थान नदिएर आफ्नो भाष्य मात्रै बोक्नेलाई स्थान दिने बताएकी छन् ।

तर, आरटीले विश्वभरका दर्शकहरूसँग पुग्नलाई विभिन्न माध्यमबाट पुग्ने भन्दै एन्नाले यो अमेरिकाको लागि दुःखद खबर भएको बताइन् ।

अमेरिकाले आरटीलाई बन्द गर्दा रुसी गुप्तचरको विभागको रूपमा आरटी आएको आरोप लाएको छ । त्यसको प्रतिक्रियामा आरटीकी प्रधानसम्पादक मार्गरिता सिमोन्यानले अमेरिकी मिडिया र गुप्तचरी मिसमास भएको लामो इतिहास भएको भन्दै अमेरिकालाई नै प्रश्न गरेको आरटीले उल्लेख गरेको छ ।

पछिल्लो सयमा यूरोप तथा अमेरिकाबाहेकका देशहरूमा आरटीको प्रभाव बढेको छ । खासगरी ल्याटिन अमेरिका, अफ्रिका र एसियामा आरटीको प्रभाव बलियो छ ।

दक्षिण एसियामा आरटीको देखिने उपस्थिति भारतमा धेरै छ । भारतका सडकहरूमा आरटीका धेरै बोर्डहरु पनि देखिने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर