चीनको भिडिओ गेम ‘ब्ल्याक मिथ’ले बनायो रेकर्ड : तीन दिनमा एक करोड कपि बिक्री – Nepal Press

चीनको भिडिओ गेम ‘ब्ल्याक मिथ’ले बनायो रेकर्ड : तीन दिनमा एक करोड कपि बिक्री

काठमाडौं । चिनियाँ भिडिओ गेम ‘ब्ल्याक मिथ’ले नयाँ रेकर्ड बनाएको छ । तीन दिनमा एक करोड कपी भएको गेमलाई चीनमा बनेको अहिलेसम्मकै सबैभन्दा प्रभावशाली गेम भएको बताइएको छ ।

कतारी विश्व च्यानल अलजजिराका अनुसार ४० अर्ब अमेरिकी डलरको बजार भएको चिनियाँ भिडिओ गेम बजारमा यो गेम अहिलेसम्मकै सबैभन्दा सफल नाम भएको देखिएको छ । यो गेमले अहिलेसम्म ८० देखि ९० करोड अमेरिकी डलर हाराहारी कमाइसकेको छ ।

झण्डै छ वर्षको समय लगाएर बनाइएको उक्त गेम विकासमा सात करोड डलर लागतमा बनेको हो । गत अगस्ट २० मा सार्वजनिक गरिएको गेमले चिनियाँ संस्कृतिलाई थप बलियो बनाउने बताइएको छ ।

एकल खेलाडी हुनेगर बनाइएको गेमको भाव भूमि भारतबाट सात शताब्दीमा चीन पुगेका बौद्ध भिक्षु सुआन झाङबारे हो भने यसको प्रेरणा १६ शताब्दीमा लेखिएको चिनियाँ उपन्यास जर्नी टू दि वेस्ट भएको अलजजिराले उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर