रुपन्देहीमा नेपाल सर्प महोत्सवको तयारी – Nepal Press

रुपन्देहीमा नेपाल सर्प महोत्सवको तयारी

रुपन्देही । आगामी असोज १ र २ गते रुपन्देहीको तिलोत्तमास्थित शंकरनगर बन विहार तथा अनुसन्धान केन्द्रमा सर्प महोत्सव हुन लागेको छ। मानव र सर्पबीच सह अस्तित्व प्रवर्धन भन्ने नाराका साथ महोत्सवको आयोजना गरिएको सर्प विज्ञ कमल देवकोटाले जानकारी दिए ।

२ दिनेसम्म चल्ने महोत्सव सर्पको अवलोकन, मानव सर्प द्वन्द्व न्यूनीकरण, सर्पदंश व्यवस्थापन र सर्प संरक्षणको महत्वमा केन्द्रीत हुने उनको भनाई छ ।

करिव ५ लाख खर्च अनुमान गरिएको महोत्सवमा फोटो प्रदर्शनी, डकुमेन्ट्री प्रदर्शन, विभिन्न सचेतनाका स्टल, सर्प संग्रालय नमुनाको प्रदर्शन, सांस्कृतिक नृत्य प्रदर्शन, कला प्रदर्शनी, सर्प समाउने र उद्धार गर्ने तरिकाको प्रदर्शन गरिने उनले बताए ।

म्होत्सवमा गोमन र करेत दुई विषालु सर्प प्रदर्शनीमा राखिनेछ भने पाईथन र धामन अविषालु सर्प पनि महोत्सवमा प्रदर्शनमा राखिनेछ ।
महोत्सवको स्थानीय आयोजना शंकरनगर बन विहार तथा अनुसन्धान केन्द्र रहेको छ ।

तिलोत्तमा नगरपालिका, डिभिजन बन कार्यालयको सहयोगमा हुने महोत्सवको सवै तयारी पूरा भएको शंकरनगर बन विहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बेलप्रसाद शर्माले बताए ।

केन्द्रका उपाध्यक्ष खिमलाल पाण्डेले सर्पबाट बच्च र सर्पलाई बचाउने दुवै उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *