दोस्रो उपत्यकास्तरीय योग च्याम्पियनसिप सम्पन्न, विजेतालाई नगद पुरस्कार – Nepal Press

दोस्रो उपत्यकास्तरीय योग च्याम्पियनसिप सम्पन्न, विजेतालाई नगद पुरस्कार

काठमाडौं । दोस्रो उपत्यकास्तरीय योग च्याम्पियनसिप सम्पन्न भएको छ । तारकेश्वरस्थित टुसाल मल्टिभेन्युमा शनिबार भएको च्याम्पियनसिपमा विभिन्न उमेर समूहका विजेतालाई नगद, मेडल, ट्रफि र प्रमाण पत्र प्रदान गरिएको थियो ।

बागमती योग खेलकुद संघको संयोजनमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला योग खेलकुद संघले आयोजना गरेको च्याम्पियनसिपमा एकलतर्फ २३२ जना र रिदमिक (सामूहिक) तर्फ १३० गरी ३६२ जना योग खेलाडीहरुले आफ्नो योगासन प्रस्तुत गरेका थिए ।

तारकेश्वरका मेयर कृष्ण हरि महर्जनले आगामी दिनमा पनि योग खेलकुदलाई अगाडि बढाउन प्रयास गर्ने बताएका थिए ।
विजेता खेलाडीहरुलाई पुरस्कार दिँदै उनले आफ्ना मौलिक संस्कृतिसँग जोडिएको योगले विश्वमा पहिचान बनाउन सक्ने सम्भावनालाई ध्यान दिएर अघि बढिने बताए ।

च्याम्पियनसिपमा विजेता बनेका खेलाडीहरु निम्न छन्:

पुरुष समूहतर्फ

९ वर्षभन्दा कमः

प्रथमः सुजल रामु
द्वितीयः सौगात तामाङ
तृतीयः आदर्श महतो

१२ देखि १४ वर्ष

प्रथमः विराज पन्थी
द्वितीयः सन्दीप अधिकारी
तृतीयः दिप्सन पौडेल

९ देखि ११ वर्ष

प्रथमः सत्यनारायण शाह
द्वितीयः गोविन्द यादव
तृतीयः रोहन तामाङ

१५ देखि १७ वर्ष

प्रथमः ऋतिक श्रेष्ठ
द्वितीयः आशिष श्रेष्ठ
तृतीयः विवेक यादव

१८ देखि ३५ वर्ष

प्रथमः सन्दीप घिमिरे
द्वितीयः पत्युष महर्जन
तृतीयः जगदीश्वर कर्मचार्य

३६ देखि ४९ वर्ष

प्रथमः लाल बहादुर ठाकुर
द्वितीयः सिम बहादुर बुढाथोकी
तृतीयः नवराज धनगढ

५० वर्ष माथि

प्रथमः ध्रुव प्रसाद दाहाल
द्वितीयः एक बहादुर रेग्मी
तृतीयः श्याम अवाले

महिला समूहतर्फः

९ वर्ष मुनिः

प्रथमः एन्जिला चौलागाईं
द्वितीयः एनी तामाङ
तृतीयः आशिका सुवेदी

९ देखि ११ वर्ष

प्रथमः लुनिभा खड्गी
द्वितीयः संरचना पुरी
तृतीयः रिछिन लामा

१२ देखि १४ वर्ष

प्रथमः कृतिका केसी
द्वितीयः सन्चिता बाटी
तृतीयः मेघा लामिछाने

१५ देखि १७ वर्ष

प्रथमः प्रज्ञा गौतम
द्वितीयः रश्मी फागमी
तृतीयः तुलसी महासेठ

१८ देखि ३५ वर्ष

प्रथमः करिश्मा घिमिरे
द्वितीयः मञ्जु तोलांगी
तृतीयः सन्जना राई

३६ देखि ४९ वर्ष

प्रथमः सरिता श्रेष्ठ
द्वितीयः मनोजमाया सिंघोक
तृतीयः शोभा महर्जन

५० वर्ष माथि

प्रथमः जीना श्रेष्ठ
द्वितीयः सुस्मा गौतम पौडेल
तृतीय रत्नमाया महर्जन

पुरुष सामूहिक

प्रथमः क्यामेलिया सेकेण्डरी विद्यालय
द्वितीयः अक्सिडेण्टल पब्लिक स्कुल
तृतीयः इन्टरनेशनल जोशेफ पब्लिक स्कुल

महिला सामूहिक

प्रथमः शंकरपुर नगर योग खेलकुद संघ
द्वितीयः एशिया प्यासिफिक लेडिज
तृतीयः बालबाटिका स्कुल

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *