पहिलोपटक अमेजन प्राइममा रिलिज हुँदै नेपाली फिल्म ‘अनौठो तिर्सना’ – Nepal Press

पहिलोपटक अमेजन प्राइममा रिलिज हुँदै नेपाली फिल्म ‘अनौठो तिर्सना’

काठमाडौं । नेपाली फिचर फिल्म ‘अनौठो तिर्सना’ ओटिटी प्ल्याटफर्म अमेजन प्राइम भिडियोमा रिलिज हुने भएको छ । निराजन प्रधान निर्देशित यस फिल्म अमेजन प्राइम भिडियोमा रिलिज हुने पहिलो नेपाली फिल्म समेत हो ।

हुन त यसअघि प्रियंका चोपडाद्धारा निर्मित नेपाली भाषाको फिल्म ‘पाहुना:द लिटर भिजिटर्स’ नेटफ्लिक्समा रिलिज भएको थियो । विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा समेत पुगेको यो फिल्मको निर्माण भने सिक्किममा भएको हो ।

नेपालमै नेपाली भाषामा निर्माण भएको ‘अनौठो तिर्सना’ भने अमेजन प्राइममा रिलिज हुने पहिलो फिल्म हो । डेढ वर्षअघि सुटिङ भएको यस फिल्ममा फरक फरक परिवारको कथा भनिएको छ । फिल्मका एक कलाकार विजय बरालका अनुसार फरक फरक परिवारको कथा भनिएको भए पनि सबै कथाहरु अन्तिममा एकै ठाउँ जोडिन्छ ।

फिल्ममा बराल, नवीन न्यौपाने, महेश त्रिपाठी, एलिशा शर्मा लगायत कलाकारको अभिनय रहेको छ । स्टोर्मक्रो प्रोडक्सन र स्टोर्मक्रो फ्रेमवर्कको संयुक्त ब्यानरमा निर्माण भएको यस फिल्मका बाबुराम निरौलले लेखेका हुन् । सुरुवाती चरणमा अमेरिका, बेलायत र जर्मनीको टेरिटोरीभित्र रिलिज गरिने यस फिल्म नेपालको हलमा समेत रिलिज गरिने कलाकार नवीन न्यौपानेले बताए ।

अमेजन प्राइममा फिल्म आउँदो अक्टोबर ८ तारिखमा रिलिज हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर