माल्टामा कला-संस्कृति प्रवर्द्धन गर्न जुटे नेपाली – Nepal Press

माल्टामा कला-संस्कृति प्रवर्द्धन गर्न जुटे नेपाली

सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् माल्टाको अध्यक्ष बने सौरभ

माल्टा । नेपाली कला, संस्कृति प्रवर्द्धन गर्न माल्टाका युवाहरु एकजुट बनेका छन् । उनीहरुले सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपाल विदेश समन्वय परिषद् माल्टा गठन गरेका छन् ।

सौरभ दंगाशेको नेतृत्वमा परिषद्को माल्टा कार्यसमिति चयन भएको छ । माल्टामा रहेका नेपालीहरुको भेलाले १८ सदस्यीय कार्यसमिति चयन गरेको हो ।सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालका बरिष्ठ उपाध्यक्ष तथा संगठन विभाग प्रमुख चर्चित लोक गायक विष्णु खत्रीले युरोप साँगितिक टुरका बेला विदेशमा संगठन विस्तार अभियान चलाएका थिए ।

उनकै पहलमा माल्टामा रहेका नेपालीहरुले कार्यसमिति गठन गरेका हुन् । बरिष्ठ उपाध्यक्षमा याम प्रसाद निउरे, महिला उपाध्यक्षमा अनुजा खनाल, उपाध्यक्षमा विकास गुरुङ, महासचिवमा प्रकाश ढकाल चयन भएका छन् ।

यस्तै सचिवमा विष्णु चापागाँई, सहसचिवमा सुनिता घिमिरे, कोषाध्यक्षमा राजन चापागाँई चयन भएका छन् । सदस्यहरुहरुमा जगत तामाङ, कोपीला तिवारी, सौगात पाण्डे, तबिता क्षेत्री, अनिश सुनार, पवन भण्डारी, विजय तामाङ्ग, सन्ध्या अधिकारी, सागर बस्याल, सन्दिप सुवेदी चयन भएका छन् । नेपाली भाषा, संस्कृति, रहनसहन, भेषभूषा चिनाउने गरि माल्टामा काम गर्ने गरि परिषद् विस्तार गरिएको लोकगायक विष्णु खत्रीले जानकारी दिए । उनका अनुसार युरोपका धेरै देशमा विदेश समन्वय परिषद गठनको अन्तिम तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर