काठमाडौं महानगरका प्रशासकीय अधिकृत परियारको सरुवा, गुरागाईंलाई जिम्मेवारी – Nepal Press

काठमाडौं महानगरका प्रशासकीय अधिकृत परियारको सरुवा, गुरागाईंलाई जिम्मेवारी

अरु महानगरमा को कहाँ सरुवा भए ?

काठमाडौं । सरकारले काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारको सरुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४० जना सहसचिवको सरुवा गर्ने क्रममा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका परियारलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरेको हो ।

परियारको सरुवा गरेसँगै रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सरोजप्रसाद गुरागाईको सरुवा भएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *