मेयर बालेन साह भारतमा, प्रधानमन्त्री सहभागी हुने इन्द्रजात्रा बहिष्कार गर्ने – Nepal Press

मेयर बालेन साह भारतमा, प्रधानमन्त्री सहभागी हुने इन्द्रजात्रा बहिष्कार गर्ने

सचिवालय स्रोतले भन्यो– इन्द्रजात्रामा प्रधानमन्त्रीलाई स्वागत गर्नुपर्ने परम्परा छल्न जानुभएको हो

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन भारतको बैंगलोरमा रहेको पुष्टि भएको छ । गत मंगलबार बैंगलोर पुगेका साह पर्सि मंगलबार स्वदेश फर्किनेछन् ।

सचिवालयका अनुसार आफू पढेको कलेजका पूर्वविद्यार्थीहरुको कार्यक्रममा भाग लिन उनी त्यहाँ गएका हुन् । केही दिनअघि अनेरास्ववियूका अध्यक्ष समिक बडालले बालेन बैंगलोर गएको सूचना सार्वजनिक गरेका थिए । आफ्नो सर्टिफिकेटमा नाम सच्याउन गएको उनको दावी थियो ।

मंगलबार काठमाडौंमा इन्द्रजात्रा छ । प्रत्येक वर्ष इन्द्रजात्रामा काठमाडौं महानगरपालिकाले विशेष कार्यक्रम आयोजना गर्छ । उक्त कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री लगायत राज्यका उच्च पदस्थहरुलाई निम्ता गरिन्छ । उनीहरुलाई काठमाडौंका मेयर–उपमेयरले स्वागत गर्छन् ।

फाइल तस्बिर

यसपाली बालेन इन्द्रजात्रामा उपस्थित हुने छैनन् । मंगलबार इन्द्रजात्रा नभ्याउने गरी आइपुग्ने सेड्यूल रहेको सचिवालय स्रोतले बतायो । बालेन इन्द्रजात्रा छल्ने नै हिसाबले गएको पनि स्रोतको दाबी छ ।

स्रोतले भन्यो, ‘उहाँ कलेजको कार्यक्रममा गएको भए पनि मुख्य प्रयोजन इन्द्रजात्रा छल्नु नै हो ।

फेसबुकमा वार गरिहेका बेला उहाँ इन्द्रजात्रामा गएर प्रधानमन्त्रीलाई नमस्कार गर्ने मनस्थितिमा हुनुहुन्न ।’ बालेनले बैंगलोरबाटै प्रधानमन्त्री ओलीलाई गालीगलौज गर्दै स्टाटसहरु लेखिरहेका छन् ।

 

 


प्रतिक्रिया

9 thoughts on “मेयर बालेन साह भारतमा, प्रधानमन्त्री सहभागी हुने इन्द्रजात्रा बहिष्कार गर्ने

  1. जसले गरेको योगदानले यो पदमा पुग्यो सोही सत्यलाई नजरअन्दाज गर्दै बीस वमन गर्नु केलाई घिउ नपच्नु नै हो ।

  2. बालेन भारतीय गुलाम भन्ने कुरा प्रमाणित हुँदै गैरहेको छ ।

  3. समिक वडाल आए भैगाे नि ……बालेन नभएर केही फरक पर्छ र ?

  4. आफ्नो पढाईको सर्टिफिकेटमा भएको “बालेन्द्र तेली साह” बाट “बालेन्द्र शाह” नाम सच्च्याउन गएको हो। मिसन चौरासीमा साह बाट शाह सम्म!

  5. नाम मात्रै कोे बालेन् रैछ
    के पी ओली ले सहयोग नगरेसी भारतको शरणमा पुगेछन्

  6. यदि यो कुरा सही हो भने यौटा खतरनाक खेल खेलिंदै छ : खर्नाक बिष घुसाइदै छ युवा-दिमागमा !!
    देशको लागि अटल खम्बा भएर उभिने नेतृत्व माथि आफ्नु सम्पूर्ण प्रहार केन्द्रित गर्ने अनि भारत संग गहिरो हिमचिम गर्ने : यो प्रस्ट हुनु पर्यो रिमोट कहाँ छ : त्येशको संकेत के हो, इसारा कत्ता हो र जान खोजेको कता ??
    के यो भांड भैलो हो काठमान्डूको सभ्यता ??
    “मुखमा राम राम बगलीमा छुरा” जस्तै गन्ध आउदै छ है !!!

  7. ‘र’ को एजेन्ट र भित्रि रुपमा भारतीयको इन्ट्रेस्टमा काम गरिरहेका छन् बालेन भन्ने बेलैमा नबुझ्ने हो भने नेपाली बिसेसत: नेपाली युवाहरुले धेरै क्ष्यति बेहोर्नु र गुमाउनु पर्ने छ !!
    नेपालीको इमानदारिता र पछौटे पनि अनि उन्नतिको चाहनालाई ‘क्याश’ गरेर प्रचण्डले उत्पात गरे पहिले !! अहिले अर्को पात्र ‘बालेन’ को नाममा ‘स्लो पोइजन’ भर्दै छन् नेपाली युवा दिमागमा !!
    यी दुवै भारतको इसारामा नेपाललाई असान्त, अस्थिर, कम्जोर बनाउने, पछौटे बनाइ राख्ने र दोश्रो ‘सिक्किम’ बनाउने भारतको कुत्सित योजनाका प्यादा !!!
    विचार गर, बिबेकी बन र अन्ध भक्त हैन बिस्लेसन गरेर बाटो तय गर !! गुमाएउ ‘शान’ भने ‘निशान’ पनि रहने छैन !!! निन्द्रामै छौ, बिउझिदा, ‘कुन देशको नागरिक’ भैएला !!!

  8. प्रधानमन्त्रीहरू अकारण जनता झुक्याउदा काेहि नबाेल्ने तर बालेन आफ्नो कामकाे सिलसिलामा कतै जाँदा चाेर झाेलेहरू उत्तेजित हुापर्ने किन ? मृयर नभए उपमेयरले स्वागत गर्लिन् निमित्त कार्यभार सुम्पेर हिड्ने चलन छ उनले पनि तेहि गरेका हाेलान् । समाचार लेखक पनि झाेले नै परेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर