महिलालाई मन्त्री बनाउन लुम्बिनीका कांग्रेस सांसदहरुको माग – Nepal Press

महिलालाई मन्त्री बनाउन लुम्बिनीका कांग्रेस सांसदहरुको माग

रूपन्देही । महिलालाई मन्त्री बनाउन लुम्बिनीका कांग्रेस सांसदहररुले माग गरेका छन् । नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने लुम्बिनीका प्रदेश सभाका महिला सांसदहरुले सरकारमा महिला सहभागिता गराउन माग गरेका हुन् ।

आइतबार संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई भेटेर अविलम्ब महिला सांसदलाई सरकारमा पठाउन दवाव दिएका छन् । सरकार गठनको २ महिना पुग्न लाग्दासम्म सरकारले पूर्णता नपाएको बताउँदै खाली ठाउँमा महिलालाई पठाउन उनीहरुले माग गरेका हुन् ।

वर्तमान सरकारमा नेपाली कांग्रेसले पाएको ५ सदस्यीय मन्त्रिपरिषदमा २ पद खाली छ । ३ जना पुरुष सांसद मन्त्री रहेको बताउँदै उनीहरुले खाली मन्त्री पदमा महिलालाई मन्त्री बनाउन उनीहरुले माग गरे ।

कांग्रेस सचेतक निमा गिरी र जमुना ढकालको अगुवाईमा महिला प्रदेश सभा सदस्यहरुले दल नेता चौधरीलाई भेटेका थिए । भेटमा दल नेता चौधरीले समावेशीताका सवालमा आफू सचेत रहेको बताए । उनले केही दिनमा केन्द्रीय नेताको सल्लाहमा सरकारमा मन्त्री पठाउने र त्यसमा महिला पठाउने आश्वासन दिएको महिला प्रदेश सभा सदस्यहरुले बताएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर