धनगढीमा एमालेको प्रशिक्षण सुरु – Nepal Press

धनगढीमा एमालेको प्रशिक्षण सुरु

धनगढी । धनगढीमा नेकपा एमालेको प्रशिक्षण सुरु भएको छ ।

एमाले केन्द्रीय स्कुल विभागको आयोजनामा आइतबारदेखि धनगढीस्थित एमाले पार्टी कार्यालयमा प्रशिक्षण सुरु भएको हो । तीन दिनसम्म चल्ने प्रशिक्षणमा एमाले जिल्ला कमिटि कैलालीका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको छ ।

एमालेका केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवाली, केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, पोलिट ब्युरो सदस्य तथा पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल, पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज नारदमुनी राना, प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी लगायतले प्रशिक्षण दिने कार्यसूची रहेको छ ।

प्रशिक्षणको व्यवस्थापनको काम एमाले जिल्ला कमिटि कैलालीले गरेको छ । जिल्ला कमिटि अध्यक्ष यज्ञराज ढुंगानाले तीन दिनसम्म चल्ने प्रशिक्षणले पार्टीका नीतिगत र सैद्धान्तिक विषयमा जिल्ला कमिटिका नेताहरुमा ज्ञान बढ्ने तथा पार्टीलाई एकताबद्ध गर्न भूमिका खेल्ने बताएका छन् ।

‘कैलालीमा एमालेलाई सबैभन्दा बलियो पार्टी बनाउने अभियानमा छौं हामी बलियो छौं । अझै बलियो बन्छौं,ञअध्यक्ष ढुंगानाले भने, ०८४ मा हामी कैलालीका सबै क्षेत्र जित्ने रणनीतिमा छौं। त्यही अनुसार प्रशिक्षण कार्यक्रम आयोजना गरेका हौँ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर