यमल चम्कँदा बार्सिलोनाको फराकिलो जित – Nepal Press

यमल चम्कँदा बार्सिलोनाको फराकिलो जित

हेटौंडा । स्टार युवा राइट विङ्गर लामिन यमल चम्कदा स्पेनिस ला लिगामा बार्सिलोनाले जिरोनाविरुद्ध फराकिलो जित दर्ता गरेको छ ।

१७ वर्षका यमलको दुई गोलसङ्गै थप दुई गोल गरेको बार्साले जिरोनालाई ४–१ ले पराजित गरेको हो ।

आइतबार राती भएको खेलको ३० औं मिनेटमा यमलको गोल मार्फत बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो । पहिलो गोल गरेको ७ मिनेटमानै यमलले बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

आक्रमल खेल खेलेको बार्सिलोनाको लागि ओल्मोले ४७ औं मिनेटमा अग्रतालाई ३–० मा परिणत गर्दै पहिलो हाफमानै टिमलाई मजबुत बनाए ।

दोश्रो हाफमा पनि बार्सिलोनाले जिरोनामाथि आक्रमण जारी राख्यो । फलस्वरूप बर्साको लगि ६४ औं मिनेटमा पेड्रीले गोल गर्दै टिमको अग्रता ४–० को अवस्थामा लगे । खेलमा जिरोनाको तर्फबाट एकमात्र गोल स्टोनिले ८० औं मिनेटमा गरे ।

बार्साको टोरेस ८६ औं मिनेटमा रातोकार्ड खादै बाहिर निस्किएपनि त्यसयता कुनै गोल भएन र खेल बार्सिलोनाले जित्यो । जितपछि ५ खेलबाट १५ अंक सहित लिगको पहिलो स्थानमा छ । समान खेलबाट जिरोना ७ अंक सहित सातौं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *