आर्सनलको संघर्षपूर्ण जित – Nepal Press

आर्सनलको संघर्षपूर्ण जित

हेटौंडा । इङलिस प्रिमियर लिगअन्तर्गत आइतबार राती भएको खेलमा टोटनह्याम्प विरुद्द आर्सनलले संघर्षपूर्ण जित निकालेको छ ।

लिगको चौथो चरणको खेलमा आर्सनलले टोटनह्याम्पलाई १-० गोलअन्तरले पराजित गरेको हो । पहिलो हाफ बराबरी खेलेको दुबै टोलिले दोश्रो हाफमा निकै आक्रमक खेल खेलेका थिए ।

खेलको ६४ औं मिनेटमा आर्सनलका ब्राजिलियन खेलाडी ग्याब्रीयलले गरेको गोलनै निर्णाय गोल बन्दा आर्सनलले महत्वपूर्ण ३ अंक प्राप्त गर्न सफल भयो ।

खेलमा ६४ प्रतिशत बल आफ्नो पक्षमा राखेपनि टोटनह्याम्पले गोल गर्न नसक्दा हार बेहोर्नु पर्यो ।

खेलपछि ४ खेलबाट १० अंक सहित आर्सनल तालिकाको दोश्रो स्थानमा उक्लदा समान खेलबाट टोटनह्याम्प ४ अंक सहित १२ औं स्थानमा छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *