लुम्बिनी प्रदेश सभाको ३४ औँ बैठक बस्दै, यस्ता छन् बैठकका कार्यसूची – Nepal Press

लुम्बिनी प्रदेश सभाको ३४ औँ बैठक बस्दै, यस्ता छन् बैठकका कार्यसूची

रुपन्देही । लुम्बिनी प्रदेश सभा चौथो अधिवेशनको ३४ औँ बैठक आज सोमवार बस्दै छ ।

दिउँसो २ बजे बस्ने बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश लोक सेवा आयोगको वार्षिक प्रतिवेदन २०८०र०८१ सभामा पेश गर्ने कार्यसूची रहेको छ ।

साथै बैठकमा प्रदेश मामिला तथा कानून समितिका सभापति दिलकुमारी बुढाले प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको प्रतिवेदनसहितको विधेयक सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

त्यसै गरी स्वास्थ्य मन्त्री खेमबहादुर सारुले प्रदेश सभा बैठकको शून्य समय र विशेष समयमा हालसम्म उठेका आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफसहित मन्तव्य राख्ने कार्यसूची रहेको छ ।

साथै बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा बोल्ने समेत कार्यसूची राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर